| बुधबार, भदौ १६, २०८३

बाढी पीडितलाई आरुघाट युवा क्लवको आठलाख सहयोग

भोटेकोशी–त्रिशूली बाढी पीडितहरुलाई आरुघाट युवा क्लवले आठलाख ७ हजार रुपैँया सहयोग गरेको छ । क्लवले सहयोग रकम राष्ट्रिय वाणिज्य बैँकको आरुघाट शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको क्लावका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताए ।

आरुघाट युवा क्लव र काठमाडौँ गुठी समाज आरुघाटको संयुक्त पहलमा रहम जम्मा गरेर पीडितका लागि पठाइएको उनले जानकारी दिए । ‘पीडामा परेकाहरुलाई केही सहयोग होस् भनेर आठलाख ७ हजार ७२३ रुपैँया सहयोग गरेका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्