| बुधबार, भदौ १६, २०८३

चोरकाटेका स्थानीयहरुले गरे ग्यास सिलिन्डरसहित प्रदर्शन

खाना पकाउने एलपी ग्यास नपाएको भन्दै चोरकाटेका स्थानीयहरुले सिलिन्डरसहित बिरोध जनाएका छन् । मंगलबार बिहान सिरानचोक गाउँपालिका–४ चोरकाटेबासीले सडकमा खाली सिलिन्डरसहित प्रदर्शन गरेका स्थानीय बसन्त श्रेष्ठले बताए ।

‘ग्यास अभाव भएको दिनदेखि यहाँका स्थानीयहरुले एउटा पनि ग्यास सिलिण्डर पाएका छैनन्’, उनले भने, ‘गोरखाबजारमा दैनिक ट्रकका ट्रक सिलिन्डर बाँड्को छ । गाउँगाउ्रँमा ग्यासको हाहाकार छ । यो त असमानता भयो नि ।’ बिक्रेताहरुले खाना पकाउने ग्यासलाई गोरखा बजारमा मात्र सिमित गरेको श्रेष्ठको गुनासो छ ।

‘ग्यास गोरखा बजारमा धेरै भएपछि मात्र गाउँगाउँ पठाउने हो ?’, उनले प्रश्न गरे । गाउँका उपभोक्ताहरुले लामो समयदेखि आफ्नो नाम टिपाएको भएपनि हालसम्म ग्यास नपाएको उल्लेख छ । चोरकाटे लगायतका क्षेत्रहरुमा खुद्रा व्यपारीहरुले समय समयमा सिमित ग्यासको सिलिन्डर ल्याएपनि ती सबै आफ्ना मान्छेहरुलाई मात्र बाँडेको उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्