
बाढी पहिरो पीडित गण्डकी प्रदेशबासीलाई प्रदेश सरकारद्वारा राहत घोषणा
गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएका तथा बेपत्ता भएका प्रदेशका नागरिकका परिवारलाई राहत प्याकेज घोषणा गरेको छ । प्रदेश सरकारले भोटेकोशी त्रिशुलीको बाढी, पहिरोमा परी मृत्यू तथा बेपत्ता भएकाको परिवारलाई राहतस्वरूप एकलाख रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।
त्यस्तै घाइते भएका गण्डकी प्रदेशबासीलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । मृत्यु भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत २५ हजार तथा घाइते तथा बिरामी भएका गण्डकीका नागरिक पोखरा आइसकेपछि उनीहरूलाई घरसम्म पु¥याउन सवारीसाधनको व्यवस्था गर्ने पनि घोषणा गरेको छ ।
यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदेश सरकारका तर्फबाट ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ ।




