| मङ्लबार, भदौ १५, २०८३

सुत्केरी महिला र बच्चाको हेलिकोप्टरबाट उद्धार

उत्तरी गोरखाकी एक सुत्केरी महिला र उनको बच्चालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ लगिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाकी रमिता गुरुङ र उनको दुई दिनअघि जन्मेको बच्चाको उद्धार गरिएको हो ।

जन्मेको १३ घण्टापछि दूध चुस्न छोडको, लगातार ज्वारो आइरहेको र वान्ता गर्न थालेपछि सोमबार दिउसो दुईबजेतिर हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर गुरुङले जानकारी दिए ।

आमा र बच्चाको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको र नजिकको स्वास्थ्य संस्थाले थप उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेपछि गण्डकी प्रदेश सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला र बच्चाको हेलिकोप्टरबाट उद्धार गरिएको पालिकाले जनाएको छ ।

उद्धार गर्ने हेलिकोप्टरहरु सबै रसुवा र नुवाकोटका बाढी पीडितको उद्धारमा व्यस्त भएकाले जटिल स्वास्थ्य अवस्थाको बच्चा र आमालाई उद्धार गर्ने हेलिकोप्टर मुस्किलले पाएको उनको भनाइ छ । बच्चाको काठमाडौंस्थित शिक्षण अस्पतालको बालरोग विभागमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्