| शुक्रबार, भदौ ११, २०८३

रसुवाको बाढी पीडितलाई गोरखाबाट राहत रकम संकलन हुँदै

भोटेकोशीमा बुधबार गएको बाढी पीडितका लागि गोरखाबाट राहत रकम जुट्न थालेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले बाढी पीडितका लागि ७ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको हो ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु र कर्मचारीहरुले मिलेर रकम संकलन गर्ने निर्णय भएको अध्यक्ष निमा लामाले बताए । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उनले जानकारी दिए । डिभिजन वन कार्यालय गोरखाले पनि रसुवाको बाढी प्रभावित नागरिकका लागि रकम सहयोग गरेको छ ।

बिहीबार कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५३ हजार रुपैँया जम्मा गरेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । कार्यालय मातहतका कर्मचारीहरुको एक दिनको तलब संकलन गरेर सहयोग गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्