| बुधबार, भदौ ९, २०८३

त्रिशुलीले गोरखा जोड्ने एक मोटरेबलसहित चार झोलुंगे पुलमा क्षति

रसुवाबाट आएको त्रिशुलीको बाढीले पृथ्वीराजमार्गसंग गोरखा जोड्ने एक मोटरेबलसहित चार झोलुंगे पुलमा क्षतिपुर्याएको छ । गण्डकी गाउँपालिका ८ र बेनिघाट जोड्ने मोटरेबल पुल बाढीको झोक्काले हल्लाएर क्षतिग्रस्त बनाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए ।

त्यस्तै वडा नं. ७ स्थित धवानीघाटको पुल, हिक्लुङघाटको पुल, चरौँदीको पुल र इटारको पुल क्षतिग्रस्त बनाएको वडाअध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।

‘बेनिघाट र सिउरेनीटार जोड्ने पुलको आधाभाग पक्की र आधा भाग बेलिब्रिज हो । बेलिब्रिजतर्फ पानी चढेको भए बगाउँथ्यो तर त्यता धेरै असर गरेन’, उनले भने, ‘पक्कीपुलतिर धेरै हल्लायो तर बगाएको छैन ।’ अहिले दुईफिट पानी घटिसकेको उनले बताए ।

चारवटा झोलुंगेपुल भने पानीको झट्काले हल्लाएर र स्ल्याब बगाएर क्षतिग्रस्त बनाएको वडाअध्यक्ष रेग्मीले बताए ।
वडा नं. १ बुटारस्थित निर्माणाधीन सुपरत्रिशुली जलविद्युत आयोजनामा बाढी पसेको छ । त्यहाँका मजदुर, उपकरण सबै सुरक्षित ठाउँमा सारिसकेकाले क्षति हुन नपाएको आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्