| बिहिबार, साउन २०, २०८३

गोरखा बाह्रकिलोको पेट्रोल पम्प पहिरोले क्षतिग्रस्त

अविरल बर्षापछि झरेको पहिरोले गोरखाको एक पेट्रोलपम्प पहिरोले क्षतिग्रस्त भएको छ । गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोस्थित गोरखकाली फ्यूल सेण्टर बिहिबार बिहान पहिरोले क्षतिग्रस्त भएको हो ।

राती १२ बजेदेखि अलिअलि गरेर झर्न थालेको पहिरोले बिहान साडे ६ बजेतिर पेट्रोलपम्पको धेरै संरचना पुरिएको पम्पका सञ्चालक भोला मरहट्टाले जानकारी दिए । ‘कर्मचारीहरुले त्यहाँ पहिरो जान थालेको भनेर राती १२ बजे नै खबर गरेका थिए । बिहान ५ बजेतिर म पनि त्यहाँ पुगेँ’, मरहट्टाले भने, ‘हेर्दाहेर्दै माथिबाट झरेको पहिरोले रिटेनिङ वाल भत्कायो ।

त्यसले दुबै पेट्रोल डिस्पेन्सर ढलायो । संरचनाको छानाको ट्रस्टमा पनि क्षति पु¥याएको छ । स्टाफ घर, जेनेरेटर हाउस, र जेनेरेटरमा पनि क्षति पु¥याएको छ ।’

बाहिरि मान्छेले पार्किङ गरिराखेको पाँच थान स्कुटर र मोटरसाइकल पनि पुरिएको उनले बताए ।घटना लगत्तै पुगेको प्रहरी र स्थानीयहरु मिलेर पुरिएको मोटरसाइकललाई निकाल्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्