
गोरखामा पहिरोले घर बगाउँदा एक घाइते
अविरल झरीपछिको पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित मानसिँह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

(Photo by – Abhishek Tamang)
सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि बगाएर लगेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ‘पहिरोले बगाएर यथास्थितिबाट करिब २० मिटर तल पु¥याएको छ’, उनले भने, ‘दुर्घटनामा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका टोखान महतो घाइते भएका छन् ।’ घाइतेको हाल गोरखा अस्पतालमा उपचार भइरहेको उनले बताए । महतोको पेट, खुट्टामा लछारेर र ददारेर सामान्य चोट लागेको उनको भनाइ छ ।




