| सोमवार, साउन १७, २०८३

अण्डाडाँडामा फेरि पहिरो, चुमनुब्री प्रवेश गर्ने सडक अवरुद्ध

अण्डाडाँडामा फेरि ठूलो पहिरो झरेको छ । धार्चे गाउँपालिका ३ को तातोपानी र दोभान बीच पर्ने अण्डाडाँडामा पहिरो झरेको जगतका विशाल घलेले जानकारी दिए । ‘त्यहाँ पहिले पनि सानो–सानो पहिरो गइरहन्थ्यो । हिजो(शबिार) फेरि अर्को ठूलो पहिरो झ¥यो’, उनले भने, ‘अब त त्यसलाई छिट्टै फाल्न पनि नसकिने अवस्था छ ।’

सो ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएपछि चुमनुब्री प्रवेश गर्ने यातायातका साधन रोकिएका छन् । पैदलयात्रु पनि सकसपूर्ण, जोखिमपूर्ण रुपमा आवतजावत गरिरहेका घलेले बताए । बिगत बर्ष बर्खाको महिना ठप्प रहेको सो सडकमा यो बर्ष अवरोध र जोखिमका बाबजुद पनि जगतसम्म सवारी साधन पुगिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्