| सोमवार, साउन ३, २०८३

सशस्त्र प्रहरीलाई ढुक्क भएर जिम्मेवारी निर्वाह गर्न गृहमन्त्रीको निर्देशन

गोरखा क्षेत्र नं १ का सांसद एवं गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीलाई ढुक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । गोरखास्थित सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्मका प्रहरीहरुलाई गुरुङले गृह मन्त्रालय सधैं सुरक्षाकर्मीको साथमा रहेको भन्दै ढुक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

शनिबार सशस्त्र प्रहरी बल गोरखाले आयोजना गरेको निर्देशनात्मक ब्रिफिङ कार्यक्रममा गृहमन्त्री गुरुङले राष्ट्रको सुरक्षा, शान्ति–सुव्यवस्था तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका थिए । यस्तै, उनले सशस्त्र प्रहरीहरुलाई उच्च मनोबलका साथ इमानदारीपूर्वक काम गर्न आग्रह समेत गरे ।

कर्मचारीहरुको मनोबल उच्च राख्न गृह मन्त्रालय आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्ध रहेको गुरुङले बताएका थिए । कार्यक्रममा जिल्लाको समग्र सुरक्षा अवस्था, समन्वय, सेवा प्रवाह तथा भावी कार्ययोजनाबारे समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्