
मध्यसुपर दरौँदी जलविद्युत आयोजना मुद्दा मामिलामा अल्झियो
बारपाक र घ्याच्चोकको बीचमा निर्माणाधीन मध्यसुपर दरौंदी जलविद्युत आयोजनाको काम मुद्दा मामिलाका कारण लामो समयदेखि रोकिएको छ । आयोजना निर्माणका क्रममा गतबर्ष मुद्दा परेपछि विगत एकबर्षदेखि काम अघि बढ्न नसकेको कर्मचारी कृष्ण पन्थीले जानकारी दिए ।
१० मेगावाट क्षमताको सो आयोजना एक अर्व ६० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ । राङरुङस्थित पावरहाउसदेखि घ्याम्पेशालस्थित सवस्टेशनसम्मको करिब १८ किलोमिटर ट्रान्समिशन लाइनमध्य अझै ६ किलोमिटर लाइन टाँग्न बाँकी रहेको उनले बताए ।
त्यस्तै आयोजनाको बाँध, पेनस्टक पाइपलाइन र सब्सट्याङ्क निर्माणको काम बाँकी रहेको छ । मुद्दा छिनोफानो भएपछि तीब्र गतिमा काम गरेर विद्युत बाल्ने लक्ष्य रहेको आयोजनाको भनाइ छ ।आयोजनाका लागि प्राइम कमर्सियल वैंकको ७० प्रतिशत र कम्पनीका सञ्चालक डाक्टर सन्दीप खड्काको ३० प्रतिशत लगानी रहेको छ । आयोजनाको काम २०७८ सालबाट सुरु भएको हो ।




