| बुधबार, असार २३, २०८३

रत्नराज्य मावि बिरिञ्चोकका विद्यार्थीहरुलाई झोला वितरण

गोरखा नगरपालिका १० बिरिञ्चोकको रत्नराज्य माविका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत्त १२० जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको जिद्यालयका शिक्षक भरत पराजुलीले बताए ।

गोनपा–११ स्थायी घरभई हाल काठमाडौँ बसोबास गर्ने हरि ढकाल, अप्सरा ढकाल, कृतन ढकाल, कञ्चन ढकाल, भिमप्रसाद ढकाल, सरस्वती ढकाल र आयुश ढकालले संयुक्त रुपमा विद्यार्थीहरुलाई झोला वितरण गराएको शिक्षक पराजुलीले जानकारी दिए । ढकाल परिवारले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यसहित उक्त सहयोग गरेको हो ।

साथै, उनीहरुले विद्यालयका लागि एउटा स्माटै बोर्ड समेत सहयोग गरेको विद्यालयको भनाई छ । उक्त सामाग्रीहरु सोमबार एक कार्यक्रमका बीच विद्यालयका प्रधानध्यापक तेजबहादुर नेपालीलाई हस्तानतरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर खनालको अध्यक्षता एवं गोनपा १० का वडासदस्य गोकर्ण थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम शिक्षक, विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्