| मङ्लबार, असार २२, २०८३

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२६÷०२७ का लागि निर्वाचित विभिन्न पदका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको निवर्तमान कार्यसमितिका अध्यक्ष अयोध्या जोशीले जानकारी दिए ।

समारोहमा निवर्तमान अध्यक्ष अयोध्या जोशीले नयाँ कार्यसमितिका अध्यक्ष शरद श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै नयाँ प्रथम उपाध्यक्ष गोविन्द गुरुङ, द्वितीय उपाध्यक्ष सञ्जय अधिकारी र तृतीय उपाध्यक्ष राजनराज पन्तले पदभार ग्रहण गरेका थिए ।

त्यस्तै कार्यक्रममा सचिव दीपक श्रेष्ठ तथा कोषाध्यक्ष राजेन्द्र अधिकारीले पनि पदभार ग्रहण गरेका निवर्तमान अध्यक्ष जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्