| सोमवार, असार २१, २०८३

गोरखामा मूल्य अभिवृद्धि कर तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखामा मूल्य अभिवृद्धि कर (भ्याट) तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा, चितवन उद्योग वाणिज्य संघ र जिआईजेट जर्मनीको सहकार्यमा आर्थिक वर्ष २०८२/०८४ को बजेट, मूल्य अभिवृद्धि कर (भ्याट) तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण गराएको हो ।

कार्यक्रममा करिब ९० जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई जिआईजेटका प्रतिनिधि नवीन लाल श्रेष्ठ र स्रोत ब्यक्ति विमान कार्कीले करसम्बन्धी प्रशिक्षण गराएका थिए ।

संघका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षता तथा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चितवन उबासंघको अध्यक्ष चिरञ्जीवी सुवेदी, गोरखा उबासंघका वरिष्ठ उपाध्यक्षअस्मक श्रेष्ठ, महासचिव चन्दनबाबु खत्री, निवर्तमान अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पुर्व अध्यक्ष अच्युत लाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्