| शनिबार, असार १९, २०८३

हिमचुली बचतको आँखा शिविरमा तीनसय बढीले सेवा लिए

जिल्ला सदरमुकामको नयाँ बजारस्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको आँखा शिविरमा तीनसय जनाभन्दा बढिले सेवा लिएका छन् । संस्थाको आयोजना एवं लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा बिहिबार सम्पन्न शिविरमा तीनसय ३९ जनाले सेवा लिएका थिए ।

जसमध्ये महिला दुईसय २८ जना र पुरुष एकसय ११ रहेको हिमचुली बचतका व्यवस्थापन प्रेम श्रेष्ठले बताए । उनका अनुसार शिविरमा आउने बिरामीहरुलाई आवश्यकता अनुसार निशुल्क औषधी तथा चश्मा वितरण गरिएको थियो । शिविरमा ५९ जनालाई निशुल्क रुपमा चश्मा वितरण गरिएको उनले जानकारी दिए ।

यस्तै, १० जनाको मोतियाबिन्दुको र एकजनाको आँखामा मासु पलाएर शल्यक्रिया गर्नुपर्ने भएको उनले बताएका छन् । उक्त बिरामीहरुलाई गोरखा लायन्स आँखा सेवा केन्द्रले निशुल्क रुपमा शल्यक्रिया गराइदिने श्रेष्ठको भनाई छ ।

हिमचुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता एवं गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्यामबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरेर शिविर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्