| शुक्रबार, असार १८, २०८३

गोरखा बसपार्कमा सडक बत्ती उद्घाटन

गोरखा बसपार्कमा सडकबत्ती राखिएको छ । गतबर्ष फुटपाथ तथा सडक स्तरोन्नति भएदेखि विस्थापित बत्तीहरु बिहिबार साँझ पुन स्थापित गरिएको हो ।

पुनस्थापित सडकबत्तीको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका हुन् । बसपार्क टोल विकास संस्थाले आयोजना गरेको एक समारोहका बीच उनले सडक बत्ती उद्घाटन गरेका हुन् ।

सडकबत्ती उद्घाटनका बेला शुभकामना मन्तव्य व्यक्त गर्दै मेयर रानाले बसपार्कमा जस्तै फुटपाथ र सडक स्तरोन्नतिको काम हरमटारीदेखि चाइनिजधारासम्म विस्तार गर्न सुखद सुरुवात गरिएको बताए । बसपार्कबासीले फुटपाथ तथा सडक स्तरोन्नतिमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले यसकै उर्जाले सिँगो बजारको स्तरोन्नति गर्न सुरु गरिएको बताएका थिए ।

संस्थाका अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

नगरपालिकाको एकलाख रुपैयाँ सहयोग र विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रको प्राविधिक सहयोगमा बसपार्कका २३ वटा पोलमा बत्ती राखिएको वडा नं. ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी(दिलिप)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्