
रिलायन्स फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न
रिलायन्स फाइनान्स लिमिटेड, गोरखा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘रक्तदान–जीवनदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले नेपाल रेडक्रस सोसाइटी, गोरखाको प्राविधिक सहयोगमा हरमटारी चोकमा रक्तदान सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रिलायन्स फाइनान्स गोरखा शाखाका प्रमुख सुबत लामिछानेले रक्तदान मानव जीवन बचाउने सबैभन्दा पवित्र र निस्वार्थ सामाजिक कार्य भएको उल्लेख गर्दै समाजप्रति वित्तीय संस्थाको उत्तरदायित्व केवल वित्तीय सेवा प्रदान गर्नुमा सीमित नरही यस्ता सामाजिक तथा मानवीय अभियानमार्फत समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी, गोरखा शाखाले रक्तदान कार्यक्रमको सफल आयोजनाका लागि रिलायन्स फाइनान्सप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानले सुरक्षित रगतको उपलब्धता बढाउन तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।




