| मङ्लबार, असार ८, २०८३

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लुबीच सहकार्य गर्ने सहमति

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाबीच आगामि दिनमा जिल्लामा संयुक्त रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्ने सहमति भएको छ । क्लब र अस्पतालबीच स्वास्थ्य सेवामा सहुलियत तथा आपसी सहकार्य सम्बन्धी मिलेर काम गर्ने सहमति भएको हो ।

सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालका मेडिकल डिरेक्टर संगमबाबु श्रेष्ठ र क्लबका अध्यक्ष बिनोद अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार रोटरी क्लबका सदस्यहरू तथा उनीहरूका परिवारजनहरूले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष सहुलियत तथा छुट सुविधा प्राप्त गर्नेछन्।

यस सहकार्यले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अस्पतालले विश्वास लिइएको छ। साथै स्थानीय समुदायलाई थप सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अस्पताल प्रशासनका अनुसार आगामी दिनहरूमा क्लबसँगको सहकार्यमा स्वास्थ्य, सामाजिक सेवा तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेको छ । हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्