| शनिबार, असार ५, २०८३

एन.पि.आई. गोरखा अस्पताल द्वारा इन्स्योरेन्स र बैंकर्स एसोसिएसनसँग सम्झौताः स्वास्थ्य सेवामा विशेष सहुलियत पाइने

एन.पि.आई.गोरखा अस्पताल प्रा.लि. र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड गोरखा शाखाबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता पत्र मा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गर्दै बीमित सेवाग्राहीहरूलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस सहकार्यबाट बीमित ग्राहकहरूल अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष सहुलियत प्राप्त गर्नेछन्।

त्यसैगरी, अस्पताल र बैंकर्स एसोसिएसन गोरखा बीच पनि स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ। उक्त सम्झौताले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी तथा सदस्यहरूलाई अस्पतालका विभिन्न स्वास्थ्य सेवामा विशेष सुविधा तथा छुट उपलब्ध गराउने अपेक्षा गरिएको छ।

अस्पताल व्यवस्थापनका अनुसार यस्ता सहकार्यले स्वास्थ्य सेवामा नागरिकहरूको पहुँच विस्तार गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने बताएको छ ।

अस्पतालले आगामी दिनहरूमा पनि विभिन्न संस्था तथा संघ–संगठनहरूसँग सहकार्य गर्दै सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्