| शनिबार, जेष्ठ २९, २०८३

पठन संस्कृतिको विकाससम्बन्धी अन्तरक्रिया

‘गोरखाको पठन संस्कृतिको विकासमा सार्वजनिक पुस्तकालयको भूमिका र विद्यालयको योगदान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन पुस्तकालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष कुशललाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा बजार आसपासका क्याम्पस प्रमुखहरु, सामुदायिक तथा संस्थागत विद्यालययका प्रधानाध्यापकहरु सहभागी थिए ।

कार्यक्रममा पठन संस्कृतिको विकासका लागि विद्यालयहरुले पुस्तकालयसंग समन्वय गरी बेला बेलामा कार्यक्रमहरु आयोजना गर्ने निश्कर्ष निकालिएको छ । साथै कार्यक्रममा सहभागी व्यक्तित्वहरु बाट संकलित राय, सुझावलाई कायान्वयन तहमा लैजाने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्