| शनिबार, जेष्ठ २२, २०८३

वक्तृत्व कला प्रतियोगितामा महालक्ष्मीकी मृदुशा प्रथम

१५ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको राष्ट्रिय दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । द वल्ड क्यापिटल मावि रानिवनको आयोजनामा भएको माविस्तरीय प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी मृदुशा अर्याल प्रथम भएकी छिन् ।

प्रतियोगितामा वल्डक्यापिटल माविकी कुुसुम भट्ट द्वितीय, जेनियस इङ्लिस स्कूलकी सञ्जु तृतीय र द ज्ञानवाग स्कूलकी इशा कुँबरले सान्त्वना स्थान हासिल गरेकी छिन् । उनीहरुले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका द वल्ड क्यापिटल माविका प्रिन्सिपल जनक केशीले जानकारी दिए ।

विश्व शिक्षा सचेतना र सामाजिक रुपान्तरण जातीय विभेद अन्त्यका कडीहरु शीर्षकमा वक्तृत्व कला प्रतियोगिता आयोजना भएको उनले जानकारी दिए । प्रतियोगितामा नगरपालिकाभित्रका १२ वटा माविका विद्यार्थीहरु सहभागी थिए । नगरपालिका भित्रका विद्यार्थीहरु बीच आपसी भाइचारको विकास गराउने र विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको प्रिन्सिपल केशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्