| शुक्रबार, जेष्ठ २१, २०८३

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा अजिरकोट गाउँपालिकाको समन्वयमा भएको दुई दिने कार्यक्रम बिहीवार सम्पन्न भएको छ । अजिरकोट गाउँपालिका वडा नम्वर १ स्थित नागेपोखरीमा भएको कार्यक्रममा धार्मिक एवं ऐतिहासिक नागेपोखरी संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धनको बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत मदन मोहन शाण्डिल्यले बताए ।

‘यो पोखरी संरक्षणका लगि पोखरीको डिलमा ढुंगा गारो लगाउँछौ र यसको सरसफाई गर्छाै,’ उनले भने, ‘पर्यापर्यटन प्रवद्र्धनका लागि नयाँ फुट ट्रेल, वस्ती जस्ता पूर्वाधार निर्माण गर्ने योजना पनि छ ।’ सोही बिषयमा बिहीवार भएको कार्यक्रममा छलफल समेत भएको उनले जानकारी दिए । जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्य समेत कार्यक्रमको रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दिपक देवकोटाले नागेपोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताए । वन कार्यालयसँगको समन्वयमा पनि केही कामहरु भइरहेको उनले जानकारी दिए । नयाँ पदमार्ग निर्माण गर्दै अजिरकोटलाई चुमनुव्रीको मनास्लु पदमार्ग लगायतका स्थानहरुमा जोड्ने काम समेत भइरहेको उनले बताए । शाण्डिल्यको अध्यक्षता तथा पालिका अध्यक्ष देवकोटाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका संचारकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्