| बुधबार, जेष्ठ १९, २०८३

लायन्स क्लवद्वारा २० पाउण्ड रगत संकलन

लायन्स क्लव अफ गोरखाले २० पाउण्ड रगत संकलन गरेको छ । क्लवद्वारा आइतबार सञ्चालित रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका थिए ।

२० जना दाताबाट २० पाउण्ड रगत संकलन गरेको क्लवका श्यामबाबु श्रेष्ठले जानकारी दिए । सो रगत प्रदेश अस्पताल गोरखालाई प्रदान गरिएको श्रेष्ठले बताए । क्लवले तय गरेको वार्षिक कार्यतालिका अनुसार आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्