| सोमवार, जेष्ठ १७, २०८३

बिरिञ्चोकमा निशुल्क नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न

गोरखा नगरपालिका वडा नं १० बिरिञ्चोकमा निशुल्क नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार शिविर संचालन भएको थियो ।

गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना, गोरखा नगरपालिका वडा नं १० को आर्थिक तथा सिसन फार्मेसी आँबुखैरेनी तनहुँको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको गोनपा १० की वडा सदस्य साबित्रा पुलामी थापाले बताइन् । शिविरमा वडा नं ९ र १० का तीनसय ६ जनाले सेवा लिएको थापाले जानकारी दिइन् ।

विशेषगरी बृद्धबृद्धाहरुलाई मध्यनजर गरेर नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण शिविर संचालन गरेको उनले बताएकी छिन् । ‘जब सेवा, सहयोग र सद्धभाव एकसाथ जोडिन्छन्, तब समाजमा सकरात्मक परिवर्तन सम्भव हुन्छ भन्ने मुल नारासहित शिविर आयोजना गरेका हौँ’, उनले भनिन् ।

गण्डकी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी माया खनालको अध्यक्षता एवं वडासदस्य साबित्रा पुलामी थापाको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्