| आइतवार, जेष्ठ १६, २०८३

फ्रि वाईफाई जोन स्थापनाको पहल प्रसंसनीय

अहिले धमाधम गाउँका बासिन्दा सहरतिर पलायन भइरहेका छन् । सहरका बासिन्दा विदेशतिर पलायन भइरहेका छन् । जो जहाँबाट पलायन भएपनि यसको मुख्य कारण सुविधाजनक जीवनशैली हो । सुविधाजनक जीवनशैलीभित्र केही त्यस्ता मानकहरु छन्, जस्तो कि, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, गुणस्तरीय सडक, सहरी जीवनशैली आदि । गाउँलाई बसाइ गाउँको भए पनि सहरिया जीवनशैलीको अभाव हुन नदिने भनेर सरकारले सहरिया सुविधाहरु गाउँगाउँमा पुर्याइरहेको
छ । यति हुँदा पनि गाउँलेहरु सहर झर्ने र सहरियाहरु विदेश सर्ने प्रवृत्ति रोकिएको छैन । अब यसको कारणको खोजी भने गम्भीर ढंगले खोज्नु पर्नेछ ।

साधारणतया विश्लेषण गर्न सकिन्छ कि, अनुज पुस्ताकाहरु अग्रज पुस्ताको पदचाप पछ्याउने ध्याउन्नमा बिनाकारण सहर झरिरहेका, विदेश सरिरहेका हुनसक्छन् । यो अनुमान मात्र हो । खास कारण के हुनसक्ला ? खोजीको विषय हो । अहिले भीमसेन थापा गाउँपालिकाले गाउँमै बस्नेहरुलाई निशुल्क वाईफाई टोलहरुसंग आवेदन माग गरेको छ । सेवा दिएर गाउँमै रमाउने वातावरण बनाउन सरिक भइरहेको छ ।

सो पालिकाले सूचना जारी गरी आफ्नो टोलको चोक, चौतारा, चहुर, वगैँचा तथा पार्कहरुमा निशुल्क वाईफाई सेवा सञ्चालन गर्न चाहने यसबर्ष उपयुक्तताका आधारमा गाउँपालिकाले कतिवटा फ्रि वाईफाई जोन बनाउन सक्ला त्यो पछिका कुरा, तर सुरुवात राम्रो छ ।

यसले पनि युवाहरुलाई गाउँमै रमाउने वातावरण बनाउन मद्दत गर्छ । यस्ता खालका गाउँका युवालाई गाउँमै टिकाउने खालका कार्यक्रमको अवधारणा बनाउनु पालिकाहरुमो वुद्धिमानी हो । जुनसुकै काममा सकारात्मक, नकारात्मक पक्ष हुन्छ । नकारलाई मात्र उचाल्ने सकारात्मक पाटोलाई दबाउने गर्नु हुदैन । यसले मान्छेहरुमा मोबाइलप्रतिको लत, इन्टरनेटप्रतिको दुव्र्यशन वृृद्धि गर्छ कि भन्ने अनुमान छ । यसप्रति सजग, सचेत हुनुपर्दछ ।

दुव्र्यशनमा लाग्न चाहनेलाई फ्रि वाइफाइ जोनले मात्र होइन, जे ले पनि वातावरण बनाउँछ । त्यो उनीहरुमा अन्तरनिहित कमजोरी हो । सकारात्मक रुपमा प्रयोग गरौं, देश विदेशका समसामयिक घटना जान्न, बुझ्न, नयाँ नयाँ खोज, अनुसन्धान गर्न, सचेत रहन, सजग र हन, शिक्षा, ज्ञानार्जनमा मद्धत मिलोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्