| शुक्रबार, जेष्ठ १४, २०८३

विद्युत पोलमा टाँगिएका अव्यवस्थित तार व्यवस्थित गर्न पालुङ्टारको आग्रह

पालुङ्टार नगरपालिकाका विभिन्न ग्रामीण तथा बजार क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत पोलमा बिना अनुमति तार टाङ्ने, र अव्यवस्थित तथा कुरुप बनाउने गरेकाले त्यसलाई व्यस्थित गर्न पालिकाले आग्रह गरेको छ ।

‘विद्युत पोल तथा अन्यत्र पनि जथाभावी तारहरु झुण्ड्याइएको, अव्यवस्थित अबस्थामा राखिएको तथा मापदण्ड विपरीत विस्तार गरिएकाले नगर क्षेत्रको सौन्दर्यमा असर परेको, दुर्घटनाको जोखिम बढेको तथा स्थानीयबासीलाई असुविधा भएको गुनासो आइरहेको छ’, नगरपालिकाद्वारा जारी सार्वजनिक सूचनामा भनिएको छ, ‘पालुङटार नगरपालिका क्षेत्रभित्र सेवा सञ्चालन गरिरहेका सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरुलाई विद्युत पोल तथा अन्य संरचनामा रहेका अव्यवस्थित तारहरु यो पत्र पाएको १५ दिनभित्र व्यवस्थित गर्न, जोखिम तथा प्रयोगविहित तारहरु हटाउन निर्देशन गरिन्छ ।’

साथै नगपालिका कार्यालयमा दर्ता नगरी सेवा सञ्चालन गरिरहेको पाइएकाले ती कम्पनीहरुलाई यथासीघ्र नगरपालिका कार्यालयमा दर्ता गरेर मात्र सेवा सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्