| बिहिबार, जेष्ठ ६, २०८३

पालुङटारमा ‘भजन महोत्सव’ सम्पन्न

पालुङटारमा ‘भजन महोत्सव–२०८३’ सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको समन्वयमा मंगलबार भजन महोत्सव सम्पन्न भएको हो ।

पालुङटारको वडा नं ७ च्याङलीमा रहेको ओंमकार योग आयुर्वेद तथा श्रीकला परिषदमा सम्पन्न भजन महोत्सवमा भजन प्रतियोगिता आयोजना गरिएको त्यहाँका वडाअध्यक्ष अर्जुन कुमालले बताए । प्रतियोगितामा जिल्लाभित्रमा ११ वटा समूहले सहभागिता जनाएको उनले जानकारी दिए ।

भजन प्रतियोगितामा बुंकोटको शिवशक्ति भजन समूह उत्कृष्ट बनेको ओंमकार योग आयुर्वेद तथा श्रीकला परिषदका गोविन्द आचार्य रेग्मीले बताएका छन् । उत्कृष्ट बनेको शिवशक्ति भजन समूहले रु सात हजार नगद पुरस्कार प्राप्त गरेको उनले जानकारी दिए ।

यस्तै, प्रतियोगितामा जीवनज्योति मावि र बालकल्याण माविका ६ जना विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रदर्शन गरी पुरस्कार प्राप्त गरेका छन् । विद्यार्थीहरुले उत्कृष्ट भजन नृत्य प्रदर्शन गरेबापत जनही रु एकहजार नगद पुरस्कार प्राप्त गरेको रेग्मीको भनाई छ ।

पानपा–७ का वडाअध्यक्ष अर्जुन कुमालको अध्यक्षता एवं नगरपालिकाका मेयर विवश चिन्तनको प्रमुख आतिथ्यतामा सम्पन्न भजन महोत्सवमा नगर उपप्रमुख बन्दना पाण्डे, पालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष नारायण खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्