
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नेयो उपयुक्त बेला हा
गोरखा नगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर टहरा लगायतका संरचना हटाउन निर्देशन गरेको छ । केन्द्र सरकारले वाग्मती लगायतका नदी किनारका सार्वजनिक जग्गामा बनेका घर टहरा हटाएसंगै गोरखाका सार्वजनिक जग्गामा बनेका घर टहरा पनि हटाउने अभियानले तीब्रता पाएको हो ।
महत्वपूर्ण ठाउँ देख्ने वित्तिकै सार्वजनिक जग्गा होवस् वा सरकारी जग्गा कब्जा गरेर घर टहरा बनाउने प्रवृत्ति हावी भइरहेका बेला आएको यो निर्देशन अन्त्यन्त महत्वपूर्ण र आवश्यकीय छ । कमजोर सरकार भएका बेला यस्तो अभियान चलाउन कठिन नै हुन्छ । सरकार बलियो भएका बेला यस्ता कार्य गर्न सम्भव हुन्छ । त्यसैले स्थानीय प्रशासन, पालिकाहरु सबैको सहकार्यमा सार्वजनिक जग्गा कब्जा गरेर बनेका संरचनाहरु हटाउन सकिने यो उपयुक्त बेला हो ।
सार्वजनिक र सरकारी जग्गा व्यक्तिको निजी सम्पत्ति जस्तो बन्ने बेथिति नेपालका धेरै ठाउँमा गहिरोसँग जकडिएको छ । गोरखा नगर पालिका पनि यसबाट अछुतो छैन । त्यसैले बेथितिलाई चिर्न गोरखा नगरपालिकाले हालै सार्वजनिक जग्गामा बनेका घर टहरा र अन्य संरचना हटाउन जारी गरेको निर्देशन सकारात्मक र साहसिक कदम हो ।
महत्वपूर्ण र मूल्यवान् ठाउँ देख्नेबित्तिकै सार्वजनिक होस् वा सरकारी जग्गा, त्यसलाई कब्जा गरेर निजी संरचना बनाउने प्रवृत्ति समाजका लागि क्यान्सर जस्तै बनेको छ । विगतमा राजनीतिक अस्थिरता र कमजोर स्थानीय प्रशासनको फाइदा उठाउँदै यस्ता अतिक्रमण मौलाएका थिए । तर, अहिलेको समय बदलिएको छ । स्थानीय सरकारहरू अधिकारसम्पन्न छन् र नागरिकमा पनि सचेतना बढ्दो छ । शक्ति र पहुँच भएकाले जे गरे पनि हुन्छ भन्ने मानसिकतालाई तोड्नका लागि पनि यो अभियानलाई तीव्रता दिनु अनिवार्य छ ।




