
आँपपिपल अस्पतालमा स्वास्थ्य बिमाको औषधी लिन बिरामी स्वयम उपस्थित हुनुपर्ने
आँपपिपल अस्पतालले स्वास्थ्य बिमाको औषधी लिन सम्बन्धित बिरामी नै उपस्थित हुनुपर्ने बाध्यकारी नियम बनाएको छ ।
मंगलवार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरुलाई औषधी पुनः भर्ना गर्न स्वयम आफै उपस्थित हुन अस्पताल प्रशासनले भनेको छ । बिरामीको तर्फबाट आफन्त, सहयोगी वा अन्य कुनै प्रतिनिधिलाई औषधी उपलब्ध नगराइने अस्पतालले जनाएको छ ।
बिरामीको उचित मूल्याकंन, सुरक्षित औषधी वितरण तथा स्वास्थ्य बीमा सम्बन्धी नियमहरुको पालना सुनिश्चित गर्न उक्त नियम लागू गरिएको अस्पतालले जानकारी गराएको छ ।




