| सोमवार, बैशाख १३, २०८३

बिज्ञापन सम्बन्धी सरकारको निर्णयको बिरोध गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण

निजी सञ्चार माध्यमलाई सरकारी बिज्ञापन रोक लगाउने सरकारको निर्णयप्रति बिरोध जनाउँदै नेपाल पत्रकार महासंघ गोरखाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । शुक्रवार गृह जिल्ला आएका पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले सरकारको उक्त निर्णय संविधानको मर्म विपरित रहेको भन्दै सञ्चार क्षेत्रको हितमा हुने निर्णय गर्न आग्रह गरेको छ ।

जिल्लास्थित नीजि तथा सामुदायिक सञ्चार माध्यममा सरकारी बिज्ञापन प्रकाशन गर्ने वातावरण सिर्जना गरेर संचार क्षेत्रको अधिकार सुनिश्चित गराइदिन महासंघले अपिल समेत गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रताको पक्षमा आफूहरु रहेकाले स्वतन्त्रतापूर्वक सबै मिडिया संचालन हुन पाउनुपर्ने बताए । बिज्ञापनको हकमा पनि गण्डकी प्रदेश सरकार सकारात्मक रहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्