
छिपिटोल सांस्कृतिक परिवार नयाँबजारको अध्यक्षमा श्रेष्ठ
गोरखा नगरपालिका वडा नं.–७ स्थित छिपिटोल सांस्कृतिक परिवार नयाँबजारको अध्यक्षमा आसकाजी श्रेष्ठ चयन भएको छ । परिवारको शनिबार सम्पन्न पाँचौँ अधिवेशले श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिव ज्ञनेन्द्र श्रेष्ठ ‘क’, सहसचिव दिपक श्रेष्ठ र कोषाध्यक्षमा सुमेन्द्र श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा दिपकबाबु श्रेष्ठ, सुवासबाबु श्रेष्ठ (सुन्दर), सूर्यमाया श्रेष्ठ, बाबुराम श्रेष्ठ, ज्ञनेन्द्र श्रेष्ठ ‘ख’ र समिर श्रेष्ठ चयन भएको सचिव ज्ञनेन्द्र श्रेष्ठले बताए ।
कार्यक्रममा निर्वतमान सचिव रामबहादुर श्रेष्ठ र कोषध्यक्ष सहदेव प्रसाद श्रेष्ठले आ–आफ्नो प्रदिवेदन पेश गरेका थिए । मान बहादुर श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण बाबु श्रेष्ठ सदस्यहरु समिर श्रेष्ठ र आस्था श्रेष्ठले मन्तव्य राखेका थिए ।




