| आइतवार, बैशाख ५, २०८३

चुमनुव्रीमा बिकासे योजनाको माग राख्दै अर्थ मन्त्रीलाई माग पत्र

चुमनुव्री गाउँपालिका–३ न्याकचेतदेखि पालिकाको केन्द्र फिलिम जोड्ने बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माण गर्न माग गरिएको छ । पुल अभावका कारण पालिका केन्द्रसम्म सडक सञ्जाल पुग्न नसकेको भन्दै पालिकाले अर्थ मन्त्रालयसँग पुलको योजना माग गरेको हो ।

केही दिनअघि पालिका अध्यक्ष निमा लामाले अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर माग पत्र बुझाएका छन् । सिर्दिवास चुम्चेत हुदैँ छेकम्पार ङुईला भञ्ज्याङ मोटरबाटो निर्माण योजनालाई प्राथमिकताका साथ अघि बढाउन पनि माग गरिएको पालिका अध्यक्ष लामाले बताए ।

‘यहाँको भौगोलिक अवस्थाका हिसावले कडा चट्टान रहेको हुदाँ ब्लाष्टिङ गरी ट्रयाक खोल्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले उक्त काम नेपाली सेनामार्फत गर्दा सहज हुने भएकाले सोही बमोजिम गर्न आग्रह गरेका छौ ।’ उक्त सडकका लागि सडक बिभागबाट सर्भे समेत भइसकेको उनले जानकारी दिए ।

बेनिघाट लार्के रुइला भञ्ज्याङ सडक निर्माण कार्यलाई क्रमागत रुपमा बजेटमा प्राथमिकताका साथ राख्न पनि पालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्