
चौँथो सेरा कपको उपाधी आयोजकलाई
चौँथो सेरा कपको उपाधी आयोजक क्लबले नै जितेको छ । डाइमण्ड स्टार स्पोर्टस् क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधी क्लबकै ‘सि’ टिमले जितेको हो । आयोजक क्लबकै ‘बी’ टिम उपविजेता बनेको छ । बिजेता टिमले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सदस्य प्रशुव थापाले बताए ।
यस्तै उपबिजेता टिमले ३० हजार ३३३ नगदसहित हित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले बताए । बिजेता टिमका सौगात राना मगर प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका छन् । सुदिप क्षेत्री सर्वोउत्कृष्ट खेलाडी र निशान श्रेष्ठ उत्कृष्ट गोल रक्षक बनेको थापाले जानकारी दिए । उनीहरुलाई जनही एक हजार एक सयको दरले पुरस्कार वितरण गरिएको थापाले बताए ।
चैत्र २८ गतेदेखि सुरु भएको प्रतियेगितामा २० टिमको सहभागिता रहेको थियो । जसमध्ये आयोजक क्लबको तीन टिम रहेको थियो । आयोजक क्लबका अध्यक्ष सुवास गुरुङको अध्यक्षता तथा पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर बन्दना पाण्डे, गजलकार प्रदिप रोदनलगायतको उपस्थिति रहेको थियो ।




