
कटारी टाइगरले जित्यो एघारौँ ओसन कप यु–१३ को उपाधी
गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा सम्पन्न एघारौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिताको छात्रतर्फ कटारी टाइगरले उपाधी जितेको छ । द ओसन क्लबको आयोजनामा मंगलबार भएको फाइनल खेलमा नारायणगढ फुटवल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै कटारी टाइगर बिजेता बनेको क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।
छात्रातर्फ हिल्ली फल्डर्स र एम्बेस्डर फुटवल क्लब भएको फइनल खेल १–१ को बराबरी गोल गरेको थियो । पेनाल्टी सुटआउट ३–१ को गोल अन्तरले हिल्ली फल्डर्स बिजेता बनेको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

प्रतियोगितामा छात्रतर्फ प्रथम हुने टिमले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खत्रीले जानकारी दिए । दोस्रो हुनेले रु १५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । छात्रातर्फ भने पहिलो र दोस्रो हुनेले क्रमश नगद १५ हजार र ७ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले क्लबले जनाएको छ ।
प्रतियोगितामा छात्रतर्फ कटारी टाइगरका हेमन्त बहादुर मगर उत्कृष्ट खेलाडी र सामेन राई उत्कृष्ट गोल रक्षक बनेका छन् । चैत २७ गतेबाट सुरु भएको प्रतियोगितामा छात्रतर्फ १२ टिमको सहभागीता रहेको थियो भने छात्रातर्फ ४ टिमको सहभागीता रहेको थियो ।
अध्यक्ष खत्रीको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयरको प्रमुख आतिथ्यतामा बिजेता तथा उपबिजेता टिमहरुलाई मंगलबार नै पुरस्कार वितरण गरिएको छ । गोरखा नगरपालिकाको ‘गोरखा मेयर युवा फुटवल बिकास परियोजना’अन्तरगत क्बलले बर्षेनी प्रतियोगिता गर्दै आएको छ ।




