| सोमवार, कार्तिक २३, २०८३

गोरखाका श्रेष्ठ होटल व्यवसायी महासंघका उपाध्यक्षमा निर्वाचित

गोरखाका भाइचन्द्र श्रेष्ठ होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा सम्पन्न महासंघको पाँचौं महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रूपमा उपाध्यक्ष पदमा चयन भएका हुन् ।

यसअघिको कार्यकालमा पनि उपाध्यक्ष रहेका उनी गोरखा होटल संघका पूर्वअध्यक्ष पनि हुन् । यसैगरी, महासंघको सदस्य पदमा गोरखाकै कल्पना बस्नेत पराजुली पनि सर्वसम्मत चयन भएकी छन् । उनी पनि गोरखा होटल संघकी कार्यसमिति सदस्य हुनन् ।

हालै सम्पन्न महाधिवेशनबाट टीआर भण्डारी (शंकर) को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित नेतृत्वले होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण र नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने जनाएको छ । गोरखाबाट प्रतिनिधित्व बढेसँगै स्थानीय पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्