| सोमवार, कार्तिक २३, २०८३

भारतीय राजदूत श्रीवास्तव र पूर्व प्रधानन्यायाधीश जवरा गोरखामा

भारतीय राजदूत नवीन श्रीवास्तव र पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा गोरखा आएका छन् । मनकामना र गोरखा दरवार दर्शनका लागि उनीहरु जिल्ला आएका हुन् । भारतीय राजदूत श्रीवास्तव मनकामना मन्दिर दर्शन गरेर फर्केका छन् ।

आइतवार बिहान मनकामना आएका उनी मन्दिर दर्शन पश्चात फर्किएर काठमाडौं गएका हुन् । पूर्व प्रधानन्यायाधीश जवरा भने आइतवार जिल्ला सदरमुकाममै बसेका छन् । आज गोरखा दरवार दर्शन पश्चात काठमाडौं फर्कने जानकारी आएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भरतबहादुर बिकले बताए ।

‘भारतीय राजदूत आज मनकामना दर्शन गरेर फर्कनुभयो,’ उनले भने, ‘पूर्व प्रधानन्यायाधीश ज्यूँ भोली गोरखा दरवार दर्शन गरेर फर्कने भन्ने छ ।’

प्रतिक्रिया दिनुहोस्