
बारपाक–लाप्राक सडक पाँच दिन बन्द हुने
बारपाकदेखि लाप्राकसम्मको सडक पाँच दिन बन्द हुने भएको छ । धार्चे गाउँपालिकाले आइतवार सार्वजनिक सूचना जारी गर्दै बैशाख २ गतेदेखि ६ गतेसम्म सो सडक बन्द रहने जानकारी गराएको छ ।
सो सडक अन्तरगत थायर खण्डमाथि पहिरोमा ब्याक कटिङ तथा ग्याविन लगायतका संरचना निर्माण गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।
सो सडकखण्डमा कुनै पनि वैकल्पिक बाटो नभएको हुँदा यातायात सञ्चालन कार्य बन्द गर्न अनुरोध गरिएको छ । उक्त अवधिमा आफ्ना सवारी साधनका लागि माछीखोला सडकखण्ड प्रयोग गर्न सुझाइएको छ ।




