
उत्तरी गोरखामा हिमपात
उत्तरी गोरखामा हिमपात भएको छ । शनिवार रातदेखि हिमपात सुरु भएको सामागाउँका मिग्मार लामाले बताए । ‘अहिले पनि हल्का हिउँ परिरहेको छ,’ उनले भने, ‘हिउँ परिरहेकाले त्यति जाडो भएको छैन ।’ हिमपात रोकिएपछि चिसो बढ्ने उनले जानकारी दिए । उनका अनुसार साम्दो, सामागाउँ लगायतका स्थानमा हिमपात भएको छ ।
हिमपात भएसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ । मनास्लु क्षेत्र पुगेका पर्यटकको यात्रा समेत आंशिक रुपमा प्रभावित बनेको छ । हिमपात भएसँगै स्थानीय बिशेष कामवाहेक घरवाहिर निस्केका छैनन् । तस्बिरः सूर्य खनाल




