
श्रम संस्कृति पार्टी गोरखाको संयोजकमा गुरुङ
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी गोरखाको संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् । शनिवार पार्टीको जिल्ला भेलाले गुरुङको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
जसको सह–संयोजकमा राम जोशी, सचिवमा उज्वल थापा, सहसचिव निर्मल परियार, लालबहादुर गुरुङ, कोषाध्यक्ष रुपबहादुर गुरुङ र सह–कोषाध्यक्षमा यमबहादुर गुरुङ रहेका छन् । सदस्यहरुमा प्रेम गुरुङ, एलिसा गुरुङ, विकास गुरुङ, सुवास गैरे, प्रमिला थापामगर, मनु गुरुङ, मेघ गुरुङ र राम घले चयन भएका छन् ।




