| शुक्रबार, बैशाख १७, २०८३

चिनीको भन्सार दर नबढाउन सर्वोच्चको आदेश

दशैंअघि आएको चिनी अझै गोदाममै थन्कियो

अनुपमा खनाल
सरकारले मूल्य निर्धारण नगर्दा सहुलियत दरमा बिक्री गर्ने भनि गोरखामा भित्रिएको चिनी अझैपनि उपभोक्ताले पाउन सकेका छैनन् ।
साल्ट टूेडिङ कर्पोरेशनले गोरखाका लागि पठाएको एक शय क्विन्टल चिनी सदरमुकामका विभीन्न १६ वटा किराना पसलमा तिन सातादेखी थन्कीएका छन् । मूल्य एकिन नहुँदा दशैंको मुखमा आएको चिनी अझैपनि बेच्न नसकेको साल्ट टूेडिङका जिल्लास्थित अधिकृत बिक्रेता प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए । चिनीसँगै ल्याइएको १ शय १० क्विन्टल नुन भने प्रतिब्यक्ति ६ किलो १८ रुपैयामा बिक्री भैरहेको उनले बताए । असोज १४ गते आपूर्ति मन्त्रालयले ‘मूल्य निर्धारण नभएको’ भन्दै चिनीको बिक्री रोक्न निर्देशन दिएपनि विक्री खुल्ला गर्नेबारे कुनै जानकारी नदिएको साल्ट टूेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिए ।
चाडपर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसलबाट बिक्री गर्न चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको थियो । तर, संसद्को सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो । मुल्यका बारेमा अन्यौलता देखिएपछि देशभर नै सहुलियत मुल्यको चिनीको बिक्री वितरण रोकिएको आपुर्ति मन्त्रालयका प्रबक्ता नवराज ढकालले जानकारी दिए । मन्त्रालयले सहुलियतको चिनिको मुल्यका सन्दर्भमा प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले निर्णय गरेपछि साल्ट टूेडिङको चिनिको मुल्य तोक्ने उनले बताए ।चाडबाडलाई लक्ष्यीत गर्दै सस्तोमा उपलब्ध गराउने भनिएको साल्ट टूेडिङको चिनि थन्किएपछि उपभोक्ताहरुले प्रतिकिलो ७५ देखी ८० रुपैयासम्ममा चिनि किन्नुपरेको छ

प्रतिक्रिया दिनुहोस्