| सोमवार, कार्तिक २३, २०८३

मनास्लु पदमार्गको तातोपानी खण्ड २४ घण्टा पूर्ण रुपमा अवरुद्ध हुने

धार्चे गाउँपालिकाको मनास्लु पदमार्गमा पर्ने तातोपानी खण्ड २४ घण्टासम्म पूर्ण रुपमा अवरुद्ध हुने भएको छ । सो पदमार्गको धार्चे ३ तातोपानीनेरको लुसिराङको भीरमा बाटो मर्मत गर्नुपर्ने भएकाले आउँदो चैत १६ गते साँझ पाँच बजेदेखि १७ गते साँझ पाँच बजेसम्म २४ घण्टा बाटो अवरुद्ध हुने गाउँपालिकाले सूचना जारी गरी जानकारी दिएको छ ।

‘तातोपानी नजिक लुसिराङमा भीर खोपेर बाटो मर्मत गर्नुपर्ने भएकाले र उक्त बाटो मर्मत कार्य गर्दा जुनसुकै बेला ढुंगा खस्न सक्ने भएकाले यही चैत १६ गते बेलुका पाँच बजेदेखि भोलिपल्ट बेलुका पाँच बजेसम्म उक्त सडक खण्डमा सवारी साधन लगायत सर्वसाधारण मानिसका लागि आवतजावत पूर्ण रुपमा बन्द हुनेछ’, सो सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्