| सोमवार, कार्तिक २३, २०८३

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा शरदबाबु श्रेष्ठ


लायन्स क्लव अफ गोरखाको अध्यक्षमा शरदबाबु श्रेष्ठ चयन भएका छन् । क्लवको शुक्रबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई वर्ष २०२६/०२७ का लागी अध्यक्षमा चयन गरेको हो ।

क्लवको प्रथम उपाध्यक्षमा गोविन्दबहादुर गुरुङ, दोस्रो उपाध्यक्षमा संजय अधिकारी र तेस्रो उपाध्यक्षमा राजनराज पन्त चयन भएका छन् । यस्तै, सचिवमा दिपक श्रेष्ठ तथा कोषाध्यक्षमा राजेन्द्र प्रसाद अधिकारी चयन भएको निर्वाचन अधिकृत एवं लायन्स क्लव अफ गोरखामा निवर्तमान अध्यक्ष सुजन कुँवरले बताए ।

कुँवरका अनुसार क्लवको पिआरओ विदुरवल्लभ भट्टराई बनेका छन् । टेल टुईस्टर नारायण बाबु अर्याल, टेमर कृष्णप्यारा श्रेष्ठ र मेम्वरशिप चियरपर्सनमा श्रवण कुमार जोशी चयन भएको उनले जानकारी दिए । सल्लाहकामा सुजन कुँवर तथा डाइरेक्टरहरुमा श्याम बाबु श्रेष्ठ र चन्दन बाबु खत्री चयन भएको क्लवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्