| आइतवार, जेष्ठ १६, २०८३

तलवभत्ता जेनजी आन्दोलनका घाइतेका लागि खर्च गर्ने सुदन गुरुङको घोषणा

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफूले सांसद भएबापत पाउने तलवभत्ता जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

ललितपुरमा मंगलबार आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई जेनजी आन्दोलनमा घाइते भएकाहरूका लागि स्वास्थ्य शिक्षा तथा रोजगारमा खर्च गर्ने बताएका हुन् ।

आन्दोलनमा उठेका मुद्दालाई संसदमा पु¥याउने, महिला सशक्तीकरण, आधुनिक कृषि, दाइजो–घरेलु हिंसाविरुद्ध कडा कानुन र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सेवा, त्याग र उत्तरदायित्वका साथ जनताको पक्षमा उभिने स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्