| सोमवार, कार्तिक २३, २०८३

मनकामनाबाट फर्कदै गरेको इभी माइक्रोबस सडकबाट दुईसय मिटर तल खस्यो, थप विवरण आउन बाँकी

गोरखाको मनकामनाको दर्शन गरेर फर्कदै गरेका यात्रु बोकेको इभी माइक्रोबस दुर्घटना भएको छ । १४ जना यात्रु बोकेर फर्कदै गरेको बागमती प्रदेश ००६ख ८४३० नम्बरको बस सहिद लखन गाउँपालिका ३ कानटार नजिकै भीरबाट करिब दुईसय मिटर तल खसेको वडाअध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

शनिबार साँझ ७ः३० बजेतिर भएको दुर्घटनाबाट भएको क्षति बारे यकिन नभएको पाण्डेले बताए । अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । बस क्षतिग्रस्त भएको हुँदा नम्बरप्लेट पनि हेर्न नसकिएको उद्धार कार्यमा खटिएका अर्का ऋषि कट्टेलले जानकारी दिए ।

घाइतेले हिन्दी भाषा प्रयोग गरेकाले भारतीय यात्रु हुन सक्ने उनले जानकारी दिए । चालक सकुशल र सहचालकलाई घाइते अबस्थामा उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्