| बुधबार, फाल्गुन २६, २०८२

प्रेम खत्रीको प्रतिनिधिसभा निर्वाचन खर्च २९ लाख ८२ हजार

गोरखा क्षेत्र नं १ मा नेपाली काङग्रेसको तर्फबाट चुनाव लडेका प्रेम खत्रीले निर्वाचनमा २९ लाख ८२ हजार खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । खत्रीले बुझाएको खर्च विवरणमा सबैभन्दा धेरै खर्च सवारी साधन भाडा तथा इन्धन खर्चमा भएको उल्लेख छ ।

उनले उक्त शीर्षकमा १० लाख रुपैँया खर्च गरेका छन् । यस्तै, उनले प्रचारप्रसार सामाग्री खर्च अन्तरगत ब्यानर, नमुना मतपत्र, झण्डामा ५ लाख १४ हजार रुपैँया खर्च भएको जनाएका छन् । मिडिया खर्चअन्तरगत रेडियो, पत्रपत्रिका तथा अनलाइनमा विज्ञापन प्रकाशन, फोटो, भिडियो, ग्राफिक्स, जिंगल डिजाइनमा दुईलाख ६० हजार रुपैँया खर्च भएको विवरणमा उल्लेख छ । सभा तथा मतदाता भेटघाट शीर्षकमा ५ लाख रुपैँउा खर्च भएको उल्लेख छ ।

उनको निर्वाचन खर्च विवरणमा निर्वाचन सम्पर्क कार्यालय संचालनअन्तरगत चारलाख ९५ हजार ६०० रुपैँया खर्च भएको उल्लेख छ । खत्रीले निर्वाचन अवधिका लागी ५९ वटा सम्पर्क कार्यालय संचालन गरेका थिए । आफूले प्रति कार्यालय रु आठहजार ४०० रुपैँया खर्च गरेको उनले जनाएका छन् ।

यस्तै, कार्यकर्ता व्यवस्थापन तथा प्रचारप्रसार सामाग्री ढुवानी खर्च बापत दुईलाख ९ हजार ५०० रुपैँया र अन्य साना तथा आकस्मिक खर्च शीर्षकमा तीनहजार ४३० रुपैँया खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्