| बुधबार, फाल्गुन २६, २०८२

स्थापना दिवसको अवसरमा गोरखा उवासंघद्धारा खाद्यान्न वितरण

५२ औं स्थापना दिवसको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले खाद्यान्न वितरण गरेको छ । गोरखा सरदमुकामको छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको संघका अध्यक्ष भगवानबाबु मास्केले बताए ।

सोमवार बिद्यालय पुगेर दाल, चामल, तरकारी लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।
दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष स्व. चुणानारायण किसनबाबु श्रेष्ठको शालिकमा माल्यार्पण समेत गरिएको उनको भनाइ छ ।

संघका अध्यक्ष मास्केको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संघका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्