| आइतवार, जेष्ठ १६, २०८३

भारी मतका साथ गोरखा २ बाट बुर्लाकोटी विजयी

गोरखा क्षेत्र नं. २ बाट भारी प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं. २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई निर्वाचित भएको घोषणा गरेको हो ।

कूल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्य ५४ हजार १४७ म मतमात्र सदर र ३ हजार ९ मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका हुन् ।
बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेद्वार प्रकाशचन्द्र दवाडीले भन्दा .१४ हजार ९६० बढि मत प्राप्त गरेका छन् ।

दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्पर्धी नेकपा एमालेका मिलन गुरुङ(चक्रे मिलन)ले ३ हजार ८७ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी जन्माउने सक्रिय सदस्यमध्य एक हुन् ।

२०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुईबर्षमै महामन्त्री बन्न सफल भएका थिए । अहिले पनि उनी रास्वपाका महामन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्