| सोमवार, कार्तिक २३, २०८३

निर्वाचन अवधिभर गण्डकी गाउँपालिकामा २४ सै घण्टा एम्वुलेन्स सेवा

निर्वाचन अवधिभर स्वास्थ्य उपचारको आकस्मिक अवस्था परेमा गण्डकी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाबाट २४ सै घण्टा एम्वुलेन्स सेवा उपलब्ध हुने भएको छ । मंगलवार एक सूचना जारी गर्दै पालिकाले निर्वाचन अवधिभर मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र, भुम्लिचोक स्वास्थ्य चौकी र दर्बुङ स्वास्थ्य चौकीको एम्बुलेन्स २४ सै घण्टा उपलब्ध हुने जनाएको छ ।

‘निर्वाचन अवधिभर आवश्यक पर्नसक्ने अत्यावश्यक स्वास्थ्योपचारका लागि तथा कुनै आकस्मिक अवस्था परेमा पालिकाबाट एम्वुलेन्स सेवा २४ सै घण्टा र अन्य सवारीसाधनहरुको व्यवस्था हुने कुरा जानकारी गराउँदछौ,’ सूचनामा उल्लेख छ ।

साथै पालिकाले बिहीवारको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न पालिकावासीलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्