| बुधबार, असार ९, २०८३

दशकिलोमा बसको ठक्करबाट बृद्धाको मृत्यु

दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीय बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानिय ९५ वर्षीय सुकमाया लामाको मृत्यु भएको हो ।
काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा दाहिने खुट्टामा गम्भीर चोट लागेको लामाको उपचारको क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाको सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले बताए । प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रण गरेर घटनाबारे आवश्यक अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्