| सोमवार, कार्तिक २३, २०८३

भच्चेक अस्पतालमा एमडिजिपीद्वारा सेवा सुरु

भच्चेक आधारभूत अस्पतालमा एमडिजिपीद्वारा उपचार सेवा सुरु भएको छ । अजिरकोट ३ भच्चेक बजारमा अवस्थित सो अस्पतालबाट फागुन १ गतेबाट एमडिजिपीबाट सेवा सुरु गरिएको वडाअध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।

पाँच शैयाको सो अस्पतालबाट यसअघि मेडिकल अधिकृतद्वारा सेवा दिइँदै आएको थियो । ‘जनयुद्ध दिवसको दिनदेखि एमडिजीपी सेवा थप गरिएको छ’, वडाअध्यक्ष अधिकारीले भने, ‘अब यहाँबाट साधारण शल्यक्रियासमेत हुने भएको छ ।’ शल्यक्रियाद्वारा सुत्केरी गराइने सेवा पनि सञ्चालन गरिएको उनको भनाइ छ ।

‘पायल्सको पनि साधारण शल्यक्रिया हुन्छ’, उनले भने, ‘आँखा र दाँतको रोगको पनि उपचार सेवा हुन्छ ।’ गाउँपालिकाको सहयोगमा चिकित्सक राखिएको र उपकरणहरु मुटु फाउण्डेशनले उपलब्ध गराएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्